१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


टुँडिखेलमा तमू ल्होसारको रौनक (भिडियोसहित)


0
Shares

ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भइ मीठा–मीठा परिकार खाने प्रचलन छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यो पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ ।

तमू ल्होसारकै अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै भाषा, जाति र सम्प्रदायको पहिचान स्थापित गर्ने अभियानमा आफूहरु लागेको बताए ।

उनले सबैलाई एउटै डालोमा हालेर नहेर्न आग्रह गर्दै आफू र आफ्नो पार्टी अधिकारविहीन जाति, समुदाय र वर्गको अधिकार स्थापित गर्न संघर्ष गरिरहेको दाबी गरे ।

टुँडिखेलमा कार्यक्रम आयोजना हुनुअघि गुरुङ भेषभूषासहित गुरुङ समुदायको संस्कृति झल्कने झाँकीसहितले न्यूरोड, रत्नपार्क, भद्रकाली, सुन्धारालगायतको परिक्रमा गरेको थियो ।

औपचारिक कार्यक्रम सम्पन्न भएपनि टुँडिखेलमा शुक्रबार मध्यरातसम्म सांस्कृतिक कार्यक्रम जारी रहने तमू ल्होसार मूल आयोजक समितिले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्