नयाँबानेश्वरमा सरकारी गाडी जलाइयो, यस्तो छ चालक र गाडी चढ्नेको बयान (भिडियोसहित) « Image Khabar


नयाँबानेश्वरमा सरकारी गाडी जलाइयो, यस्तो छ चालक र गाडी चढ्नेको बयान (भिडियोसहित)


Imagekhabar
१५ पुष २०७३, शुक्रबार १८:४५

नयाँबानेश्वरको इन्दे्रणी कम्प्लेक्सअगाडि पार्किङमा राखिएको बा२झ १३९२ नम्बरको स्कार्पियो जिप जलाइएको हो ।

यो गाडी सहरी विकास मन्त्रालयअन्तर्गतको बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले चढ्दै आएका थिए ।

गाडीका चालकले सरकारी बिदाको दिन चलाएको भन्दै युवा संघका कार्यकर्ताले गाडीमा आगजनी गरेको जानकारी दिएका छन् ।

समितिका अध्यक्ष शाक्यले इन्द्रेणी फुडल्यान्डमा सडक बोर्डको वार्षिकोत्सव कार्यकम रहेको र आफू सोही कार्यक्रममा सहभागी हुन गएकोबेला गाडीमा आगजनी भएको दाबी गरे ।

यस्तै, स्थानीय विकास मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठले चढ्दै आएको बा२झ १०५५ नम्बरको जिपमा पनि युवा संघका कार्यकर्ताले शुक्रबारै सोही स्थानमा तोडफोड गरेका छन् ।

यस्तै, सडक विभागको एउटा गाडीमा पनि तोडफोड भएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्