१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रसुवामा हिमपात, जनजीवन प्रभावित


0
Shares

जिल्लाको लाङटाङ, थुमन टिमुरे, स्याफ्रु गाविसको गोसाइँकुन्ड तथा चन्दनबारी असपासमा हिमपात भएको छ भने अरु ठाँउमा सामान्य वर्षा भएकोे छ ।

हिमपात सुरु भएसँगै रसुवा क्षेत्रको चिसोले जनजीवन प्रभावित बनेको छ ।

पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

हिमपात र वर्षाले चिसो बढाएकाले जनजीवन प्रभावित भएपनि किसानले लगाएको हिउँदेबालीलाई राहत मिलेकोमा किसान भने हर्षित भएका छन् ।