
जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ ।
चिसो बढ्ने क्रम आज पनि रहने विभागले जनाएको छ । पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार र आइतबारको हिमपातका कारण पहाड र हिमाली क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ ।
रसुवा, मनाङ, मुस्ताङ, गोर्खा, दोलखा, ताप्लेजुङ, धादिङलगायत जिल्लाको हिमाली क्षेत्रमा हिमपातका साथै असिना पानी परेको छ ।
हिमपात र पानीले चिसो बढाउँदा सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई असर परेको छ । चौपायालाई पनि कष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्