२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सडक विस्तारले उठिबास लगाएको भन्दै जग्गाधनी आन्दोलित


0
Shares

धरान-चतरा-गाईघाट-कटारी-सिन्धुलीहुँदै हेटौडा जोडिने राजमार्गको सडक विस्तारले आफ्नो घर भत्कने भएपछि माडीबजारका जग्गाधनी आन्दोलित बनेका छन् ।

निर्माणाधीन राजमार्गअन्तर्गत सिन्धुली जिल्लाभित्रको सडकमा दायाँबायाँ ३० मिटर र नगरपालिका क्षेत्रको सडकमा थप १२ मिटर जग्गामा भौतिक संरचना बनाउन नपाईने भएपछि जग्गाधनी आन्दोलित भएका हुन् ।

सिन्धुलीमाडीको धुरा बजार, मिलनचोक, साङवाले, खट्टारलगायत क्षेत्रको मानव बस्ती नै विस्थापित हुने उनीहरुले उचित मुआब्जा र क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् ।

कमलामाई नगरपालिकाको धुरा बजारदेखि मरिणखोला पुलसम्म दायाँबायाँ ४२ मिटर जग्गा अधिग्रहण गर्दा करीब तीन हजार घर परिवार बिस्थापित भई सुकुम्बासी हुने भएका हुन् ।

सरकारले धरान-हेटौडा सडकलाई उच्च प्राथमिकता प्राप्त आयोजनामा राखेपछि सडक निर्माण तीब्र बनाइदैछ ।

करीब ११ अर्ब रुपैयाँ लागतमा हेटौंडाबाट सुनसरीको धरानसम्म ३ सय १८ किलोमिटर सडक निर्माणको काम नौं वर्ष अगाडी थालिएपनि अझै पूर्ण हुन सकेको छैन ।