Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


संघीयतासँगै संविधान नै खारेज गर्ने खेल : किराँती


0
Shares

                                                                                          फाइल फोटो
नेकपा माओवादी केन्द्र सोलुखुम्बुको एकदिने प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता किराँतीले संसदमा दर्ता भएको संविधान संशोधन विधेयककोविरुद्धमा एमाले उठ्नु भनेको संघीयतासँगै संविधान नै खारेज गर्ने खेल भएको बताए ।

पूर्वमन्त्रीसमेत रहेका किराँतीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित गराउने भन्दै एमालेलाई सहमतिमा आइ मधेसवासीको मुद्दालाई हल गर्न आग्रह गरे ।

संशोधन गरी संघीयता तथा संविधान कार्यान्वयनसँगै नयाँ संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन गराउने पनि नेता किराँतीले बताए ।

जिल्ला विकास समिति सोलुखुम्बुको समीक्षा हलमा बुधबार सम्पन्न भएको माओवादी केन्द्रको एकदिने प्रशिक्षण कार्यक्रममा एक नगरपालिका तथा ३० गाविसका करिब २५० जना माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । रासस