
मालपोत, नापी र भुमि सुधार कार्यालयको काम सदरमुकाम गौरबाट मात्र हुँदै आएकोमा सरकारले अब गरुडा र मौलापुरमा समेत कार्यालय स्थापना गर्ने तयारी गरेपछि गौरका लेखापढी कानुन व्यवसायीले विरोध गरेका हुन् ।
कार्यालय स्थानान्तरण गर्दा आफ्नो आम्दानीको एकाधिकार गुम्न सक्ने भएकाले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन र लेखापढी कानुन व्यवसायी समितिले गत आइतबारदेखि तीनै कार्यालयको काम बन्द गराएका छन् ।
लेखापढी कानुन व्यवसायीहरुले काम ठप्प पारेपछि सेवाग्राही प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्