२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय


0
Shares

मन्त्रिपरिषदको विहीबार बसेको बैठकले पुनःनिर्माणको कामलाई गति दिन प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नसकेको ठहर गर्दै बर्खास्त गरेको हो ।

यसअघि, सरकारले ज्ञवालीसँग स्पष्टीकरण माग गरेको थियो । कार्यकारी अधिकृत ज्ञवालीले बुधबार सरकारलाई स्पष्टीकरण बुझाएका थिए ।

तर, मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै बर्खास्त गरेको हो ।

यसैगरी, बैठकले संघीय प्रदेश कार्य विस्तृतीकरण अधिकार सूचीलाई चाँडै कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ भने सडक विस्तार र सुधारका लागि दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगबाट प्राप्त २० अर्ब २८ करोड रुपैयाँ स्वीकृति गरिएको छ ।

बैठकले तोकिएको सेवा अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने, बहुप्रतिक्षीय एकीकृत सहरी विकासका लागि समिति गठन गर्ने र काठमाडौंको बूढानीलकन्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा निर्माण गर्ने निर्णय गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बैठकले ताप्लेजुङको खोक्लिङ गाविसमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने र उनको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।