२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ताप्लेजुङ र संखुवासभामा भारी हिमपात


0
Shares

दिउँसो २ बजेबाट सुरु भएको हिमपात ताप्लेजुङ सदरमुकामनजिकैको सुकेटारसम्म परेको छ ।

यसअघि जिल्लाको ओलाङ्चुङगोला, लेलेप, पापुङ, कालिखोला र सादेवाको माथिल्लो क्षेत्रमामात्र भएको हिमपात भएको थियो ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा र बस्ती रहेको माथिल्लो फेदीसम्म भने आधा फिटसम्म हिमपात भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै अकस्मात्को हिमपातका कारण हिमाली क्षेत्रका गाउँहरु नराम्ररी प्रभावित भएका छन् ।

संखुवासभामा पनि भारी हिमपात
संखुवासभामा पनि विहीबार भारी हिमपात भएको छ ।

एक्कासि परेको पानीसँगै उत्तरी गाविसमा भारी हिमपात भएको हो । हिमपातको कारण जिल्लाको मकालु, पावाखोला, हटिया, चेपुवा, नुनढाकी, जलजला, सभापोखरीलगायतका गाविस प्रभावित बनेको छ ।

जिल्लाको नुनढाकीको गुफापोखरीमा ४ फिटसम्म हिउँ जमेको बताइएको छ ।