
ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
यो वर्ष मात्र ब्राजिलमा तेस्रो पटक झडप भएको हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए ।
एलकाकुज जेलबाट विस्फोट र गोली हानाहानको आवाज सुनिएको स्थानीयलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जेलनै नियन्त्रण गरी कैदीहरुले प्रहरीलाई प्रवेशमासमेत रोकावट गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्