
राष्ट्रपतिको शपथ लिएको दुई सातायता नै ट्रम्पले उक्त वार्तालाई ‘अहिलेसम्मकै सबैभन्दा खराब वार्ता’ भनेका छन् ।
दुई नेताबीच अष्ट्रेलियामा रहेका शरणार्थीलाई अमेरिका लैजाने विषयमा कुराकानी भएको थियो ।
तर, ट्रम्पले २५ मिनेटको कुराकानी चलिरहेकोबेला अचानाक फोनको लाइन काटेको बताइएको छ ।
ट्रम्पले अष्ट्रेलियामा रहेका शरणार्थीलाई अमेरिका नभित्र्याउने बताएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकामा पूर्ववर्ती ओबामा प्रशासनले अष्ट्रेलियामा शरण मागेका १२ सय ५० शरणार्थीलाई अमेरिकामा शरण दिने विषयमा सम्झौता गरेको थियो । यी शरणार्थीलाई अष्ट्रेलियाले नारु र पपुवा न्यूगिनीको जेलमा राख्नुपर्ने प्रस्ताव अस्वीकार गरेको थियो ।
अष्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले भने शरणार्थीका विषयमा ट्रम्पको निश्चितता खोजेका थिए ।
टेलिफोन वार्तापछि ट्रम्पले ट्वीटमार्फत् ओबामा प्रशासनले गरेको उक्त खराब सम्झौताको अध्ययन गरिरहेको उल्लेख गरेका छन् ।
ट्रम्पले सिरियाली शरणार्थीलाई अर्को सुूचना जारी नभएसम्म र अरु सात मुस्लिम बहुल मुलुकका जनतालाई तीन महिनासम्म अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्