
नेता किम जोन–उनको उपस्थितिमा आफ्नो देशले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले पुष्टि गरेको हो ।
उत्तर कोरियाले आइतबार ब्यालेस्टिक मिसाइलको परीक्षणको गरेको दक्षिण कोरियाले बताएको थियो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किमको उपस्थितिमा जमिनबाट जमिनमा मार हान्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।
परीक्षण गरिएको मिसाइलले मध्यम तथा लामो दूरीमा मार हान्न सक्ने केसिएनएले उल्लेख गरेको छ । अमेरिका, जापान, दक्षिण कोरियासहितका देशले उत्तर कोरियाको आलोचना गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्