
कन्चनपुर, फागुन २३ । निर्मला पन्त हत्याको प्रमाण मेटाएको आरोपमा उजुरी परेका प्रहरीहरुविरुद्ध जिल्ला अदालत कन्चनपुरमा सुनुवाइ सुरु भएको छ ।
गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रहरीहरुविरुद्ध दिएको उजुरीमाथि बिहीबारदेखि बहस थालिएको हो ।
कन्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध छुट्टा–छुट्टै उजुरी परेको छ ।
बिहीबार डीएसपी ज्ञानबहादुर सेटी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, सइ हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरीजवान चाँदनी साउद अदालतमा उपस्थित भएका थिए ।
विष्ट र सीआएबीका निलम्बित डीएसपी अंगुर जिसी भने फरार रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
उनीहरुविरुद्ध हत्याको प्रमाण नस्ट गरेको र पक्राउ परेका दिलीपसिंह विष्टलाई यातना दिएको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्