१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


धनगढीमा व्यापारीको ‘अपहरण’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन २३ । धनगढीका एक व्यापारीको अपहरण भएको छ ।

आरम्भ फेन्सी स्टोरका सन्चालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले पुष्टि गरेको छ ।

उनी बुधबार राति धनगढीबाटै अपहरणमा परेको प्रहरीले जनाएको छ ।

सिंहका परिवारका सदस्यले सोबारेमा बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् ।

अपहरणकारीले भारतीय नम्बरबाट फोन गरी सिंहको परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको जनाइएको छ ।

अपहरणकारीको पहिचान भएको छैन ।

सिंहको अवस्था र अपहरणकारीका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।