२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


पेस्तोलसहित संखुवासभाबाट दुईजना पक्राउ


0
Shares

संखुवासभा, फागुन २३ । संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँबाट प्रहरीले गएराति अमेरिकन पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले एक थान अमेरिकन पोस्तोल, एक थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली एक थानसहित सोही स्थान बस्ने बर्ष २३ को बुद्धिमान तामाङ र बर्ष ३६ को संजय तामाङलाई पक्राउ गरेको हो ।

हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।