२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विद्यार्थीको रहस्यमय मृत्यु, विद्यालयमा तोडफोड, सात राउन्ड हवाई फायर


0
Shares

                                                                                      फाइल फोटो
आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ ।

सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षीय कृष्णराम पुर्कोटी (प्रमोद)को रहस्यमय ढंगले मृत्यु भएको छ ।

प्रहरीले उनको अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको जनाएको छ भने पीडित आफन्तले विद्यालय व्यवस्थापनले वास्ता नगरेको कारण मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिन् ।

जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराऊ गरिरहेका छन् ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले घटनाको विस्तृत् अनुसन्धान हुने विश्वास दिलाउँदै मृत्युको कारण शव परीक्षणको प्रतिवेदन आएपछि जानकारी हुने बताए ।

विद्यालयको बेवास्ताका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका पीडितले विद्यालय परिसर छिरेर तोडफोड गरेका थिए । कक्षा १० मा अध्ययनरत् विद्यार्थी पुर्कोटी प्रवेशिका परीक्षाको तयारीमा थिए ।

प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । रासस