२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


मलंगवामा गोली प्रहार गरी एक जनाको हत्या


0
Shares

-प्रकाश मैनाली/ईमेज

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गएराती अज्ञात समूहले गोलीहानी एक जनाको हत्या गरेको छ ।

गोली लागेर सदरमुकाम मलंगवा नगरपालिका २ का ३१ वर्षीय मनोज कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गएराती केही मानिसले फोन गरेर बोलाइ, यादवलाई मलंगवा नगरपालिका–८ मा लगेर गोलीहानी हत्या गरेका हुन् । उनलाई पाँच राउण्ड गोली प्रहार गरिएको छ ।

घटनामा संलग्नहरुको खोजी तीव्र पारिएको सर्लाही प्रहरीका प्रमुख एसपी गणेश चन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा विष्फोट भैसकेका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ ।

मृतकको मोवाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने एसपी भट्टराईले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक महतो सामान्य सडक निर्माणको काम गर्दै आएका थिए ।