२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


भारतमा पाँच राज्यको निर्बाचन परिणाम आज आउने


0
Shares

उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाव, गोवा र मणिपुरमा गरिएको चुनावको आज मतगणना गर्न लागिएको हो ।

यी राज्यमा आउने परिणामसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता पनि दाँजिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झण्डै एक महिना लगाएर विभिन्न चरणमा गरिएको निर्वाचनको मतगणनाको मूख्य आकर्षण भने भारतकै ठूलो राज्य उत्तरप्रदेशको परिणामसँग जोडिएको छ । जहाँ सात चरणमा मतदान भएको थियो भने ।

त्यहाँ अखिलेश यादवको समाजवादी पार्टी र राहुल गान्धीको कांग्रेस आईको गठबन्धन, नरेन्द्र मोदीको भारतीय जनता पार्टी र मायावतीको बहुजन समाजवादी पार्टीबीच त्रिपक्षीय प्रतिष्पर्धा रहेको छ ।

उत्तर प्रदेशमा ४०३, पञ्जाबमा ११७, उत्तराखण्डमा ७०, मणिपुरमा ६० तथा गोवामा ४० सीटका लागि मतदान गरिएको हो ।(एजेन्सी)