२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही १० वर्ष कैद


0
Shares

काठमाडौं, फागुन १७ । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही १० वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

न्यायाधीश धनसिंह महराको इजलासले शुक्रबार सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही १० वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

गोदावरी नगरपालिका–१, गोदामचौरमा २०७४ साल मंसिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे ।

दोषीलाई कैद सजायसहित ज्यानमार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरिएको छ ।

सामूहिक बलात्कारपछि ज्यानमार्ने मनसायले युवतीको टाउकोमा ढुंगा प्रहार गरेर मृत्यु भएको अनुमान गरी फालेका थिए ।

युवतीलाई बेहोस भएको अवस्थामा घटना भएको भोलिपल्ट तोरीबारीमा भेटिएको थियो ।

युवतीले घटनाअघि नै अभियुक्तहरुको अनुहार चिनेको हुँदा तीनैजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । रासस