२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भक्तपुर र काभ्रेका अग्ला डाँडाहरु सेताम्मे


0
Shares

भक्तपुर । भक्तपुर र काभ्रेका अग्ला डाँडाहरुमा हिमपात भएको छ । हिमपातसँगै हिउँमा रमाउनेहरुको भीड बढेको छ ।

भक्तपुरको नगरकोट, चागुनारायण, सुडाल, गुण्डु, सिपाडोल, अनन्तलिङ्गेश्वरसहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ भने भक्तपुरकै थिमी र बालकोटमा पनि सामान्य हिमपात भएको छ ।

यता, काभ्रेको सदरमुकाम धुलिखेलसहित बनेपा, काभ्रेभञ्ज्याङ्, बेथान्चोकसहित विभिन्न स्थानमा समेत हिमपात भएको छ ।

त्यसैगरी रसुवाको सदरमुकाम धुन्चेमा यो बर्ष दोस्रो पटक हिमपात भएको छ ।