१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


भरतपुरमा पहिलो पटक ट्राफिक बत्ती


0
Shares

चितवन, फागुन १५ । चितवनको भरतपुर महानगरपालिकाको सडकमा पहिलो पटक ट्राफिक बत्ती जडान गरिएको छ । सवारी चाप बढ्दै जाँदा भरतपुर महानगरपालिकाले निजी संस्थासँगको साझेदारीमा शहीदचोकमा ट्राफिक बत्ती जडान गरेको हो ।

यस्तै अन्य पाँच ठाउँमा पनि ट्राफिक बत्ती जडान गर्न सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

ट्राफिक बत्ती सञ्चालनमा आएपछि सवारी दुर्घटनासमेत कम हुने अपेक्षा लिइएको छ । ट्राफिक बत्ती जडान गरेसँगै पैदल यात्रुले समेत संकेतका आधारमा बाटो काट्नुपर्नेछ ।

गत भदौमै पोल गाडेर तयार पारेको ट्राफिक बत्ती अबको एक हप्ताभित्र प्रयोगमा आउने बताइएको छ । भरतपुर महानगरको २० प्रतिशत र निजी क्षेत्रको ८० प्रतिशत गरी कूल २५ लाख रुपैयाँको लागतमा ट्राफिक बत्ती सञ्चालन गर्न लागिएको हो ।