२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


कपिलबस्तुमा खैरो हेरोइनसहित चारजना पक्राउ


0
Shares

कपिलबस्तु । अवैध लागूऔषध खैरो हेरोइनसहित कपिलवस्तुमा चार जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले गरेको चेकजाँचका क्रममा चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ का प्रदेशी थारु, सन्दीप भुषाल, राजु थारू र अर्घाखाँची सितगंगा–९ का उदय सुनार छन् ।

उनीहरुका साथबाट प्रहरीले ४ सय ३२ पुरिया ब्राउन सुगर र अन्य लागूऔषध बरामद गरेको छ ।

पक्राउ पर्ने चारै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।