Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आफ्नै ट्याक्सीमा युवक मृत भेटिए, चारजना पक्राउ


0
Shares

भक्तपुर, फागुन १२ । सूर्यविनायक नगरपालिका–८, सिपाडोल, आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैंले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेलापरेका छन् ।

आफैंले चलाउँदै आएको बा५च ६४२१ नम्बरको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका–८, लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृतावस्थामा भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

बिहान निस्किएका श्रीमान् घर नआएका र मोबाइलसमेत सम्पर्क नभएपछि श्रीमती सिर्जनाले प्रहरीलाई जानकारी गराइ आफैंलेसमेत खोजी गर्नेक्रममा लिवालीमा गाडी देखेपछि प्रहरी पुग्दा अचेत अवस्थामा भुजुलाई देखी भक्तपुर अस्पताल लैजाँदा मृत्यु भइसकेको जानकारी गराइएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी र श्रीमती सिर्जना लिवाली पुग्दा ट्याक्सीनजिकबाट भाग्दैगर्दा चारजनालाई प्रहरीले पक्राउ गरी अनुसधान सुुरु गरेको उनले जानकारी दिए ।

पक्राउपर्नेमा चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङ, हापुर गाउँपालिका–४ का १९ वर्षीय भूपबहादुर रोका, सिन्धुपाल्चोक, मार्मिङ गाउँपालिका–१, ट्यांथली घर भइ हाल चाँगुनारायण–९, ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र ताथलीकै २१ वर्षीय सुकु भन्ने राज वनमाला रहेका छन् ।

प्रहरीले शव परीक्षण गर्न शिक्षण अस्पताल पठाएको छ । रासस