अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा « Image Khabar


अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा


Imagekhabar
८ जेष्ठ २०७४, सोमबार १८:१९

एकदिने इजरायल भ्रमणकाक्रममा उनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग जेरुसलेममा भेटवार्ता गर्नेछन् ।

त्यसपछि ट्रम्पले प्यालेस्टाइनमा नेता महमुद अब्बाससँग मंगलबार बेथलेहममा भेटवार्ता गर्ने कार्यक्रम छ । उनले इजरायल र प्यालेस्टाइनलाई शान्ति–सम्झौतामा जोड दिँदै आएका छन् ।

यसअघि, साउदी अरेबियामा रहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिम नेताहरुको सम्मेलनलाई सम्बोधन गर्दै उग्रवादीलाई समाप्त पार्न एक भएर लाग्न आह्वान गरेका थिए । ट्रम्प आफ्ना पूर्ववर्ती बराक ओबामाभन्दा इजरायलको समर्थक मानिन्छन् ।

सन् १९६७ मा पश्चिम किनारा र पूर्वी जेरुसलेम इजरायलले कब्जामा लिएयता १४० ओटा बस्तीमा करिब ६ लाख यहुदीको बसोबास गराइएको छ ।

अन्तर्राष्ट्रिय कानुनअनुसार उक्त बस्ती गैरकानुनी मानिन्छ । प्यालेस्टाइनले उक्त भूमि आफ्नो बताउने गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्