२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


मध्य अफ्रिकामा द्वन्द्वका कारण ९० हजार विस्थापित : राष्ट्रसंघ


0
Shares

यूएनएचसीआरको जेनेभास्थित कार्यालयले विस्थापितमध्ये करिब ६८ हजार स्वदेशमै विभिन्न स्थानमा विस्थापित भएका छन् भने २० हजारभन्दा बढी कंगोेमा पुगेको बताइएको छ ।

मध्य अफ्रिकी गणतन्त्रमा विस्थापितमध्ये कैयौँ मानिस खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन् । त्यस्तै, केहीले आफन्तकहाँ शरण लिएका छन् भने केही अस्थायी शिविर बनाएर बस्दै आएका छन् ।

पछिल्ला केही हप्ता यता अफ्रिकी गणतन्त्रका विभिन्न (प्रिफेक्चर) क्षेत्र तथा स्थानहरुमा स्थानीय समुदायबीच भएका द्वन्द्वका कारण विस्थापित बनेका हुन् ।

ब्राइया प्रिफेक्चरबाट मात्र करिब ४१ हजार अफ्रिकी जनता हिंसापछि घर छोडेर जीवन रक्षाका लागि विस्थापित भएका यूएनएचसीआरले जनाएको छ ।

यो समयमा सयौँको संख्यामा महिला, बालबालिका तथा बुढाबुढीको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रतिनिधिले दिएको जानकारीअनुसार सो क्षेत्रमा विस्थापित समुदायलाई खाद्यान्नलगायत अति आवश्यकीय मानवीय सामग्रीको समेत अभाव भएको जनाएका छन् । यूएनएचसीआरका अनुसार मध्य अफ्रिकामा करिब पाँच लाख नागरिक आन्तरिक रुपमा विस्थापित बनेका छन् ।

द्वन्द्वका कारण एक लाख दुई हजारमध्ये अफ्रिकी नागरिकले कंगोमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस/सिन्ह्वा