बस र ट्रक ठोक्किएर आगलागी, २२ यात्रीको जलेर मृत्यु « Image Khabar


बस र ट्रक ठोक्किएर आगलागी, २२ यात्रीको जलेर मृत्यु


Imagekhabar
२२ जेष्ठ २०७४, सोमबार १२:४७

स्थानीय संचारमाध्यमका अनुसार आइतबार राति सो दुर्घटना भएको हो । दिल्लीबाट गोन्डातर्फ गइरहेको यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसँग ठोक्किएको थियो ।

ट्रकसँग ठोक्किनासाथ बसको डिजेल ट्यांकी फुटेर आगो लागेको बताइएको छ ।

उत्तर प्रदेश सरकारले मृतकका परिवारजनलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी घाइतेहरुलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँ दिने घोषणा पनि राज्य सरकारले गरेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्