अफगानिस्तानको हवाई कारबाहीमा ४३ लडाकु मारिए « Image Khabar


अफगानिस्तानको हवाई कारबाहीमा ४३ लडाकु मारिए


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार १७:५८

अफगानिस्तानको गृह मन्त्रालयले हवाई सुरक्षा कारबाहीमा उनीहरु मारिएको बुधबार जनाएको समाचारमा उल्लेख छ ।

नेटो सेनाले गरेको हवाई कारबाही मार्जा जिल्लाको वाकिलमा भएको थियो । आक्रमणमा परी मारिनेमा तालिवान लडाकुका मुख्य पदाधिकारी पनि रहेका मन्त्रालयले वक्तव्यमा जनाएको छ ।

सो कारबाही गरिएको स्थानबाट ठूलो मात्रामा उनीहरुका हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिने र नष्टगर्ने कार्य गरेको पनि अफगान सुरक्षा निकायले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलदेखि घटनास्थल ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

अफगानिस्तानको सुरक्षा फौजले लडाकू विरुद्धको सुरक्षा कारबाही देशभरी तिव्र बनाइएको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्