Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


धनगढीमा बम विष्फोट, विस्फोटमा संलग्न एकजनाको मृत्यु


0
Shares

सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो । बम विष्फोट स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ । (रासस)