Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


टोखाबाट दुई लाख नगदसहित १२ जुवाडे पक्राउ


0
Shares

काठमाडौं, माघ १९ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले टोखा नगरपालिका–९, मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाइँले तास र कौडा खेलिरहेको अवस्थामा रु दुई लाख २० हजार ७०५ नगदसहित पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकाबाट तीन बुक तास र कौडा बरामद गरिएको वृत्तले जनाएको छ ।

पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुरसम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको प्रसाइँले बताए । रासस