२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाली सेनाद्वारा ‘१७ हजार बाढीपीडितको उद्धार’


0
Shares

यस्तै, सेनाले २५० कार्टुनभन्दा बढी औषधि वितरण गरेको पनि जनाइएको छ ।

शुक्रबार रक्षा मन्त्रालयामा पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले बाढी–पहिरोपीडितको उद्धार र राहतका लागि नेपाली सेनाले निरन्तर काम गरिरहेको बताए ।

विपद् व्यवस्थापनाको मुख्य दायित्पव गृह मन्त्रालयको भएपनि नेपाली सेनाले नै धेरैजनालाई उद्धार गर्ने तथा राहत बाँड्ने काम गरेको उनको भनाइ थियो ।

सेनाले हवाई र स्थलमार्गबाट गरी १७ हजार नागरिकको उद्धार गरेको जनाइएको छ । सो अवसरमा बाढी–पहिरोबाट देशभरमा १३१ जनाको मृत्यु भएको जानकारी दिइयो ।

मन्त्री प्रधानले हरेक वर्ष बाढी–पहिरोबाट ठूलो जनधनको क्षति हुने गरेको भन्दै छुट्टै मन्त्रालय बनाएर विपद् न्यूनीकरण र व्यवस्थापन गर्नुपर्ने बताए ।