
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुबै संसदको निर्वाचन एकै चरणमा मंसिर १० गते गर्न त्यस सम्बन्धी सिफारिस निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो ।
यसैगरी मन्त्रिपरिषद बैठकले भदौ ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा यसअघि गरिएका सन्धी सम्झौता कार्यान्वयनका लागि कुरा उठाउने निर्णय पनि गरेको छ ।
सन् १९५० को सन्धी पुनरावलोकन, पञ्चेश्वर परियोजना कार्यान्वयन जस्ता विषयमा पनि नेपाल पक्षले जोड दिने निर्णय बैठकले गरेको छ । यसैगरी सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा पनि नेपाली टोलीले गम्भीर ढंगले कुरा उठाउने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्