प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा के कुरा उठाउने ? पूर्व राजदुतहरुको यस्तो सुझाव « Imagekhabar – Online News Portal of Nepal


प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा के कुरा उठाउने ? पूर्व राजदुतहरुको यस्तो सुझाव


0
Shares

आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्रविद र पूर्व राजदूतसँग छलफल गर्दै उनले भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले पुराना सन्धिसम्झौता कार्यान्वयन, कोशी बाँधको बारेमा पनि भारतसँग छलफल हुने बताए ।

पराष्ट्रविद्हरुले भने दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र आपसी बिश्वास अभिवृद्धि गर्न भ्रमण केन्द्रित हुनु पर्ने सुझाव दिएका थिए ।

पूर्व राजदूत डा. भेषबहादुर थापाले समझदारी भएका सन्धि सम्झौता कार्यान्वयन गर्नका लागि पनि भ्रमणले प्राथमिकता पाउनु पर्ने बताए ।

त्यसै गरी सन् १९५० को सन्धि, सुपुर्दगी सन्धि, पञ्चेश्वर परियोजना कार्यान्वयनमा पनि नेपाल पक्षले कुरा उठाउनु पर्ने सुझाव उनीहरुको थियो ।

भारतले बनाएको बाँधले नेपाली भूमि डुबानमा परेको विषयमा पनि कुरा उठाउन उनीहरुले सुझाव दिएका छन् ।