एकै दिनमा १० जना फरार अभियुक्त पक्राउ « Imagekhabar – Online News Portal of Nepal


एकै दिनमा १० जना फरार अभियुक्त पक्राउ


0
Shares

कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार (हिजो) सुनसरी जिल्ला अदालतमा बुझाएको छ ।

प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहादुर माझी, बाबुराम माझी, सन्तोष माझी, चैतुदेवी थरुनी, अशोक माझी, शुकनारायण माझी, सुनिल विष्ट र सुयोग कार्कीलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरी निरीक्षक शान्तबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला अदालत सुनसरीले आग्रह गर्दै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई पक्राउ गरी सहयोग गर्न गरेको आग्रहअनुसार पक्राउ गरी अदालतलाई बुझाएको इप्रका पकलीले जनाएको छ । रासस