Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


अग्निको नयाँ शोरुम नक्सालको भगवतीबाहालमा


0
Shares

कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम विस्तार गरेको हो ।

शोरुमको कम्पनीका प्रबन्ध निर्देशक क्याबीनेट श्रेष्ठ, महिन्द्राको दक्षिण एसियाका लागि ‘इन्टरनेशनल अप्रेसन हेड’ सन्जय जादव तथा ‘चिफ अफ इन्टरनेशनल अप्रेशन’ अरविन्द म्याथ्युले सयुंक्त रुपमा उद्दघाटन गरेका हुन् ।

यो संगै अग्निको राजधानीमा ३ ओटा शोरुम पुगेको कम्पनीका प्रबन्ध निर्देशक क्याबीनेट श्रेष्ठले बताए । काठमाडौंको पानीपोखरी र नक्सालमा भने पहिले देखि नै शोरुम सन्चालन हुँदै आएको थियो ।

कार्यक्रममा कम्पनीको ‘बिग, बिगर र बिगेस्ट’ योजना अन्तर्गत ‘मोजो थ्री हन्ड्रेड बाइक’ बुद्धि वल राई र रानी हार बिरवल तामाङले प्राप्त गरेको कम्पनीले जनाएको छ ।