अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ५६ हजार ३ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलाको ५६ हजार ५ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले झरेर ७ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १३ सय १२ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्