Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


दसैं मान्न घर फर्कंदै नेपाली


0
Shares

अरु सीमानाकाहरुमा घर फर्कने नेपालीहरुले सास्ती भोग्नु परेपनि कपिलवस्तुको कृष्णनगर नाकामा भने यसपटक निकै सहज भएको बताइएको छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा क्षेत्रमा हुने समस्या समाधानका लागि सहयोग गर्ने समझदारी भएपछि चाडपर्व मनाउन आउने नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले पनि दुःख नदिएको बताइएको छ ।

कपिलवस्तुको कृष्णनगर नाका हुँदै अहिले दैनिक एक हजारदेखि १५ सयसम्म नेपालीहरू दसैं मनाउनका लागि घर फर्किरहेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

यस्तै, पश्चिम नेपाल बस व्यवसायी समितिले पनि पर्याप्त बसको व्यवस्था गरिएको भन्दै छतमा बसेर जोखिमपूर्ण यात्रा गर्न नपर्ने दाबी गरेको छ ।