Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


दरबारमार्गमा बन्द रहेका पसलहरु खुल्ने


0
Shares

बुधबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमन्डल र आपूर्तिमन्त्री शिवकुमार मण्डलसँगको भेटमा मन्त्री मण्डलले राजश्वसम्बन्धी प्राविधिक कठिनाइहरु हटाउने आश्वासन दिएसँगै व्यवसायीहरुले पसल खोल्ने भएका हुन् ।

योसँगै आपूर्तिमन्त्री मण्डलले दरबारमार्गमा बन्द रहेका पसल आवश्यक कानुनी प्रक्रिया पूरा गरी खुलाउन बुधबार नै पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

आपूर्तिमन्त्रीको नेतृत्वमा बजार अनुगमन गर्दा त्यस क्षेत्रका ‘ब्रान्डेड’ पसलहरुमा परल मूल्य भन्दा दशौं गुणा बढी मूल्य लिने गरेको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाएसँगै पसलहरु केही दिनयता बन्द रहेका छन् ।