Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको भाउ ३०० ले घट्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलाको ७६० मा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ९५ डलर हाराहारीमा कारोबार भएको थियो ।