Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५


0
Shares

संस्थानले मुस्ताङबाट काठमाडौंमा ५०० च्याङ्ग्रा र दाङको तुलसीपुरबाट २०० खसी भित्र्याएको हो ।

संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रा एवं तुलसीपुर र हेटौंडाबाट १५ सय खसी ल्याउने जनाएको थियो ।

बाँकी १३ सय खसी र ५०० च्याङ्ग्रा पनि शुक्रबारसम्म आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

संस्थानले खसी र च्याङ्ग्रा बजार मूल्यभन्दा किलोको १० रुपैयाँ बराबरमात्र सस्तोमा बिक्री गर्दैछ ।

छुटसहित संस्थानले यो वर्ष च्याङ्ग्रा किलोको ६७५ मा र खसी ४५५ रुपैयाँमा बिक्री गदैछ ।

संस्थानले बोका पनि १० रुपैयाँ छुटसहित किलोको ४५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।