आपूर्ति राज्यमन्त्री कर्ण विक नेतृत्वको टोलीले बिहीबार बजार अनुगमन गरेको विरोधमा व्यवसायीले शुक्रबार बिहानैदेखि बजार बन्द गराएका हुन् ।
व्यवसायीले दशैँ, तिहार चाडवाडका बेलामात्रै बजार अनुगमनका नाममा व्यवसायीलाई दुःख दिने गरेको भन्दै विरोधमा बजार बन्द गराएका हुन् । बजार अनुगमनका नाममा टोलीले व्यवसायीलाई अनावश्यक दुःख दिएको उनीहरुको आरोप छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव एवं व्यवसायी हेमराज जोशीले आफुहरुलाई सरकारले नै भ्याट बिल पारदर्शी नदिएकाले अनुगमन समितिालाई भ्याट बिल दिन नसकेको बताए ।
बिहीबार आपूर्ति राज्यमन्त्री सहितको टोलीले खाद्य, किराना, औषधी, फैन्सी, सुनचाँदी पसल र पेट्रोल पम्पमा अनुगमन गरेको थियो । उद्योग वाणिज्य संघले भने अनुगमनको विरोध संघले नगरेको भन्दै केही व्यवसायीले मात्रै विरोध जनाएको प्रष्ट पारेको छ ।









प्रतिक्रिया दिनुहोस्