विजया दशमीको चौथो दिन आज पनि टीका लगाईंदै • Image Khabar Image Khabar


विजया दशमीको चौथो दिन आज पनि टीका लगाईंदै


Imagekhabar
१७ आश्विन २०७४, मंगलवार ०७:३५

विजया दशमीको चौथो दिन आज पनि टीका लगाईंदै

विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले भोलिसम्म मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने परम्परा छ ।

कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ ।

कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्