२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाँचजना जुवाडे र एक जना भारतीय नागरिक पोखरामा पक्राउ


0
Shares

स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका सुराकीको आधारमा पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

यसैगरी पोखराबाट काठमाडौं जान लागेका एकजना भारतीय नागरिक पाँच लाख ३२ हजार ५०० भारुसहित पक्राउ परेका छन् ।

काठमाडौं जान लागेका भारतको पश्चिम बंगाल कोलकताका ३६ वर्षीय कृष्नेदु बेनर्जीलाई अवैद्य भारतीय रुपैयासहित पोखरा विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

थप अनुसन्धान र कारवाहीका लागि पक्राउ परेका व्यक्ति र रकमसहित मंगलबार राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको छ । रासस