२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


न्यायाधीशको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक पारित


0
Shares

आइतबार बसेको बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक पास गरेको हो । उच्च र जिल्ला अदालतको न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्त सम्बन्धी विधेयक २०७४ पनि संसदबाट सर्वसम्मतिले पारित भएको छ ।

त्यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धि विधेयक र राष्ट्रिय महिला आयोग विधेयकको संशोधन पनि पारित भएको छ । संसदको अर्को वैठक आगामी २४ गते बस्ने छ ।