तानसेन–बुटवल सडकखन्ड बन्द हुने • Image Khabar Image Khabar


तानसेन–बुटवल सडकखन्ड बन्द हुने


Imagekhabar
२२ आश्विन २०७४, आईतवार २०:३४

तानसेन–बुटवल सडकखन्ड बन्द हुने

सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मत हुने भएपछि तानसेन–बुटवल सडकखन्डको सिद्धबाबा क्षेत्रका सडक बन्द हुने भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।

डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ । तानसेन–बुटवल सडकखन्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाइसकेका छन् ।

सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो । बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने सवारीसाधन रोकिएपछि यात्रु मारमा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्