
पुल संचालनमा आएसँगै यो बाटो हुँदै मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
भारत एव तेस्रो मुलुकबाट सामान आयात गर्दा रेल्वे मार्ग र मीरगञ्ज पुल हुँदै सडक मार्गको प्रयोग हुँदै औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको थियो ।
रेल्वे मार्ग यसअघि नै सञ्चालनमा आएपनि मीरगञ्ज पुलको मर्मत नसकिएकाले सडक मार्गबाट आउने औद्योगिक कच्चा पदार्थ आयत हुन सकेको थिएन ।
अहिले परीक्षणको रुपमा ठूला सवारी साधन संचालनमा ल्याइएपनि मंगलबारबाट भने पूर्ण रुपमा ठूला मालबाहक गाडीसमेत आवतजावन गर्ने रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।
आजदेखि हल्का सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको सवारी साधन यो पुल हुँदै संचालन गराइएको छ ।
पुल अवरुद्ध हुँदा सुनसरी, मोरङका उद्योगी, व्यवसायीले सुनसरीको भन्टाबारी नाका हुँदै सामान आयत गर्दै आएका थिए ।
भन्टाबारी हुँदै सामान आयत गर्दा व्यवासायीलाई अनावश्यक झन्झट, ढुवानी भाडा महँगो र सयम बढी लाग्ने गरेको थियो ।
पुलबाट ठूला मालबाहक सामान नआउँदा विराटनगर भन्सारको राजस्व संकलन समेत प्रभावित हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्