२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते


0
Shares

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी उर्लाबारी–४ झापाकी अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको छ ।

अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र चालक अमिक श्रेष्ठको अवस्था गम्भीर छ । जीप आज बिहान सडकबाट झन्डै २ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जीप मोड्ने क्रममा सडकबाट तल खसेको थियो । पाथीभराबाट तीर्थयात्री बोकेर जीप सदरमुकाम आउँदै गरेकोे प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा जीपमा पाँच जना थिए ।