
सम्मेलनले लोक संस्कृति, बाजा, संस्कार, ज्ञान र सीपको संरक्षण गर्नका लागि विभिन्न कार्यक्रम तय गर्दै घोषणा पत्र सार्वजनिक गर्ने छ ।
सांस्कृतिक, भाषिक तथा प्राकृतिक विविधतायुक्त सुरम्य देश नेपाल लोकवार्तासित सम्बद्ध विषयमा पनि उत्तिकै विशिष्ट रहेकाले यस पटकको सातौं राष्ट्रिय सम्मेलन कपिलबस्तुको तौलिहवा, रुपन्देहीको लुम्बिनी र नवलपरासीको त्रिवेणी धाममा गर्न लागिएको हो ।
कार्यक्रम असोज २८ गतेसम्म चल्ने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका संघ-संस्था र विद्वानहरूबीच सम्बन्ध सुमधुर बनाउनु यसको मुल उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्