१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


जीप दुर्घटनामा पाथीभरा दर्शन गरी फर्किएकामध्ये दुई जनाको मृत्यु


0
Shares

मे १ ज १३०८ नम्बरको जीप फुङलिङ नगरपालिका–१० भालुगौडे, सुकेटार पाथीभरा सडक खण्डमा दुर्घटना हुँदा जीपमा सवार उर्लाबारी ४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यू भएको हो ।

अनिताको घटना स्थलमा नै र होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा उर्लाबारी ४ कै २० वर्षिय अनिलजंघ थापा, २६ वर्षका दिलिप घिमिरे र चालक ईलाम निवासी अमित श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

चालक बाहेक घाइते सबै उर्लाबारी, मोरङका रहेको प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

जीप ब्रेक फेल भई सोमबार बिहान करीव ८ः३० बजे सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार, जीप घुमाउने क्रममा सडकबाट तल खसेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।