२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ताप्लेजुङ दुर्घटनाः घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो


0
Shares

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि मोरङ, उल्र्लाबारीका २६ वर्षीय दिलीप घिमिरे र २० वर्षीय अनिलजंग थापालाई फिस्टेल एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो ।

दिलीपको अवस्था गम्भीर रहेको छ भने अनिलजंगको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दिलीप अनिलजंगका भिनाजु हुन् ।

सोमबार बिहान फुङ्लिङ नगरपालिका–१० भालुगौडे–सुकेटार–पाथीभरा सडकखन्डमा भएको जिप दुर्घटनामा दिलीप र अनिलजंग घाइते भएका थिए भने दिलीपकी श्रीमती २५ वर्षीया अनिता थापा घिमिरे र दाजु ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको थियो ।

अनिताको घटनास्थलमै र होमराजको उपचारकाक्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो । दुर्घटनामा जिपचालक इलाम निवासी अमित श्रेष्ठ पनि घाइते भएका छन् । उनलाई पनि जिल्लाबाहिर ‘रेफर’ गरिएको छ ।

उनीहरु सवार मे१ज १३०८ नम्बरको जिप भालुगौडे–सुकेटार–पाथीभरा सडकखन्डको छातेढुंगाछेउमा दुर्घटनामा परेको थियो ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।