बाँकेमा बस लौकीखोलामा खस्यो, तीनजनाको मृत्यु, १२ घाइते • Image Khabar Image Khabar


बाँकेमा बस लौकीखोलामा खस्यो, तीनजनाको मृत्यु, १२ घाइते


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार १४:२२

बाँकेमा बस लौकीखोलामा खस्यो, तीनजनाको मृत्यु, १२ घाइते

काठमाडौंबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरको बस दाङभन्दा केही पर पुगेपछि सडकबाट करिब १५ मिटर तल खोलामा खसेको हो ।

मृत्यु हुनेमध्ये नेपाली सेनामा कार्यरत् रवीन्द्र पाण्डेकोमात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अरु १२ जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्